Wednesday, May 28, 2014

चापाकोट नगरवासीहरुमा अनुरोध



यस चापाकोट नगरपालिका कार्यालयको समुद्घाटन समारोह नेपाल सरकार संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव श्रीमान शान्त वहादुर श्रेष्ठ ज्यू को प्रमुख आतिथ्यमा सम्पन्न हुने भएकोले तपशील वमोजिमको मिति, समय र स्थानमा सम्पूर्ण नगरवासीहरुमा उपस्थित भैदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

तमशील
मिति ः २०७१ जेष्ठ १६ गते
समय ः दिनको १ः०० बजे
स्थान ः चापाकोट नगरपालिका कार्यालय
        सुन्तलीटार, स्याङ्जा
चापाकोट नगरपालिका
चापाकोट, स्याङ्जा

Wednesday, October 30, 2013

चापाकोटमा असोज २७ गते  चापाकोट–५ की माया वि.क.को झुडिएर मृत्यु भएको विषय आत्महत्या हो वा हत्या भन्नेमा चापाकोटका महिलाहरुले प्रशासनमा छानविनको माग गर्दै नारावाजी गरेको भिडीयो यो भिडीयो खिच्दाखिच्दै प्रहरीले महिलालाई ज्यादती साथै स्थानीयवासीहरुमा गोली हानेको थियो ।

२०७० कार्तिक १३ गते
चापाकोट खबर, स्याङ्जा
स्याङजा, कार्तिक १३, स्याङ्जाको चापाकोटमा प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडप

Friday, September 6, 2013

भाद्र २३ र २४ गते
चापाकोट आउनुहोस तीज गित प्रतियोगितामा रमाउनुहोस


२०७० भाद्र २१ गते
चापाकोट खबर, स्याङ्जा


चापाकोट लाई तीजमय गराउन भाद्र २३ गते अखिल नेपाल महिला संघ चापाकोटको आयोजना र भाद्र २४ गते चापाकोट बजार व्यवस्थापन समितिको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता २०७० हुने भएको छ ।

Wednesday, August 28, 2013







चापाकोटमा आयोजना गरेको लाखे नाच कार्यक्रम सम्पन्न
कुवाकोट २ वायाडाँडाको नाच उत्कृट 


२०७० भाद्र १२ गते
चापाकोट खबर, स्याङ्जा


चापाकोट सुन्तलीटारमा चापाकोट नेवा समाज र चापाकोट बजार व्यवस्थापन समितिले आयोजना गरेको लाखे नाच सम्पन्न कार्यक्रममा कुवाकोट २ वायाडाँडाको नाच उत्कृट उत्कृष्ट समूहहरुलाई रु.३०००। रु.२०००। पुरस्कारका साथ सम्मान गरिएयो ।  श्रीकृष्ण जन्माष्टमीको दिन रत्नपुर क्वामी बजारमा लाखे नाच साथै नारीहरुले नाचगान गरी रमाइलो गरेका थिए ।

Thursday, August 15, 2013

मझकोटको पहिरोले वन्द वालिङ् चापाकोट दामाचौर यातायात आज देखि संचालन

२०७० श्रावण ३१ गते
चापाकोट खबर, स्याङ्जा



श्रावण २२ गते वेलुका देखि वन्द वालिङ् दामाचौर चापाकोट यातायात आज बाट संचालनमा आएको छ । वाललिङ् किनारे दामाचौर कच्चि सडक मझकोट मा पहिरो गए पछि यातायात बन्द भएको हो ।

(फोटो ः कमल पौडेल रत्नपुर)

Wednesday, July 24, 2013


पहिरोको कारण ज्याग्दी नहर यस वर्ष संचालन गर्न कठिनाई
पहिरोले नहर वन्द हुदा मल्याङ्ककोट, रत्नपुर र चापकाकोटका कृषकहरु मारमा

२०७० श्रावण ०९ गते
चापाकोट खबर, स्याङ्जा


गण्डकी वेशीमा श्रावण ६ गते वेलुका परेको अविरल वर्षाले चापाकोट टार सिँचाई ज्याग्दी नहर मल्याङ्ककोट क्षेत्र भुम्दी पुल आस पास काम्ती आसपास र रत्नपुरको विभिन्न स्थानमा नहरको तल्लो भाग देखिनै ठूलो पहिरो गएको कारण यस वर्ष ज्याग्दी नहर संचालन गर्न कठिनाई परेको उपभोक्ता समितिका अध्यक्ष तिर्थ वरालले चापकोट खबर लाई वताउनु भएको छ । ज्याग्दी नहर पहिरो गएको कारण मल्याङ्ककोट, रत्नपुर र चापाकोट गा.वि.स.का कृषकहरु मारमा परेका छन् । ज्याग्दी नहरले यस क्षेत्रको १००० हेक्टर क्षेत्रफल भू–भाग सिचाई गर्दछ ।





Monday, July 22, 2013

पहिरोको कारण कुवाकोट ४ की रिता भट्टराई वेपत्ता

२०७० श्रावण ०७ गते
चापाकोट खबर, स्याङ्जा

कुवाकोट ४ की २४ वर्षीया रिता भट्टराई विहान पानी लिन जाँदा पहिरोमा पुरिएर वेपत्ता भएकी छन् । स्थानीय वासी तथा प्रहरी चौकी चापाकोट, इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरीहरु वेपत्ता रिता भट्टराईको खोजीकार्य भईरहेको छ भने चापाकोट रत्नपुर कुवकोट को विभिन्न स्थानमा पहिरोको कारण जनजीवन प्रभावित भएको छ ।

Thursday, July 18, 2013

चापाकोट टार सिँचाइ आयोजना ज्याग्दी नहर संचालन नहुदा कृषकहरु मारमा

२०७० श्रावण ०३ गते
चापाकोट खबर, स्याङ्जा

भनिन्नछ मानो खाई मूरी उब्जाउने समय असार महिना, तर ज्याग्दी नहर संचालन नहुदा मल्याङ्कोट, रत्नपुर र चापाकोटका कृषकहरुले असार र साउनको पहिलो हप्ता सम्म पनि रोपाइ गर्न पाएका छैनन । तीन गा.वि.स.को १००० हेक्टर जमिन सिचाई गर्ने ज्याग्दी नहर विभिन्न स्थानमा ठूलो पहिरो गएको कारण संचालन हुन नसकेको हो । चापाकोट टार सिँचाई आयोजना का अध्यक्ष तिर्थ वराल संग चापाकोट खबरले नहरको जानकारी वुझ्दा साउन ७ गते वेलुका सम्म ज्याग्दी नहर संचालन हुने जानकारी प्राप्त भएको छ ।

Sunday, June 23, 2013


चापाकोट – गल्याङ्ग ग्रामीण सडक कालोपत्रे डिटेल सर्भे संचालन

२०७० असार ९ गते
चापाकोट खबर, स्याङ्जा

जि.वि.स.स्याङ्गजाको प्राविधिक टोलीले असार ९ गते बाट चापाकोट देखि गल्याङ्ग जोड्ने ग्रामीण सडक कालोपत्रे डिटेल सर्भे गरेको छ । आर्थिक वर्ष ०७० / ०७१ र ०७१ / ०७२ मा मदन आश्रित चौपारी सुन्तलीटार चापाकोट बाट ७ (सात) करोड लगानीमा ७ कि.मि. कुवाकोट हुदै गल्याङ्ग तर्फको बाटो कालोपत्रे संपन्न गर्ने जि.वि.स.स्याङ्गजाको प्राविधिक टोली बाट चापाकोट खबरलाई जानकारी प्राप्त भएको छ । चापाकोट देखि गल्याङ्ग सम्मको दुरी २७ कि.मि. रहेको छ । 

Thursday, June 20, 2013





अविरल वर्षाको कारण अवरुद्ध गल्याङ्ग दामाचौर ग्रामिण सडक खुलाउन ढिलाई

२०७० असार ६ गते
चापाकोट खबर, स्याङ्जा

देश भरनै असार १ गते देखि ४ गते सम्म अविरल वर्षाको कारण अवरुद्ध गल्याङ्ग दामाचौर ग्रामिण सडक खुलाउन ढिलाई भएको छ । वर्षाको कारण गल्याङ्ग देखि दामाचौर सम्म विभिन्न स्थानमा खोलाले वाटो कटान गर्नुको साथै पहिरोको कारण बाटो अवरुद्ध भएको हो ।

असार ५ गते विहान देखि मौसममा सुधार भएता पनि गल्याङ्ग दामाचौर ग्रामीण सडक उपभोक्ता समितिले बाटो खुलाउन तत्काल चासो नदेखाएको पाइएको छ । साथै यातायात तत्काल संचालन गर्न कालीगण्डकी जीपव्यावसायी समिति, चापाकोट ट्याक्टर व्यवसायी, दामाचौर वजार व्यवसायी, चापाकोट बजार व्यवसायी अन्य व्यापारी उपभोक्ताहरुको पनि सहयोग अनिवार्य हुनुपर्ने छ ।

अवरुद्ध बाटो खुलाउन डोजर लगाउनु पर्ने साथै वाढिले कटान गरेको खोलाहरुमा ढुङ्गा जाली भर्नु पर्ने देखिन्छ । गण्डकी वेशीका आम उपभोक्ताले यातायात वन्द हुदा पैदल हिडेर गल्याङ्ग आवत जावत गर्नु परेको छ ।