२०६८ फागुन ३ गते
तेस्रो कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगिताको समुदघाटन कार्यक्रम सम्माननीय प्रधानमन्त्री डा बाबुराम भट्टराई बाट आज सम्पन्न भएको छ । कार्यक्रममा कालीगण्डकी एकिकृत विकास केन्द्रका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ ले स्वागत मन्तव्य गर्नु भएको थियो भने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद गोपालमान श्रेष्ठले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सम्माननिय प्रधानमन्त्री डा बावुराम भट्टराईले यस कालीगण्डकी वेशीको समग्र विकास भन्दा पनि मुख्य समस्या गल्याङ्ग चापाकोट सडक लाई कालोपत्रे गराउनु पर्ने विषयमा आगामी बजेटमा विशेष पहल हुने साथै चापाकोट बाट द्वन्दकालमा विस्थापित कृषि विकास वैङ्क र नेपाल वैङ्क लि.लाई यस क्षेत्रका महानुभावले चाहनुभएमा तत्काल स्थापना गर्न सकिने प्रतिवद्धता जायर गर्नु भएको थियो । साथै यस क्षेत्रको शिक्षा, खानेपानी, खेलकुद आदी समस्या लाई क्रमिक रुपमा बजेट पार्न सकिने र भोलिका दिनमा पाल्पाको रामपुर र चापाकोट क्षेत्रलाई एक वनाई एक राजधानीको रुपमा विकास गर्न सकिने कुरा व्यक्त गर्नु भएको थियो । १० वर्षे जनयुद्धमा यस क्षेत्रमा आएर खाना खानुको साथै यस क्षेत्रलाई नजिक बाट चिनेको आफ्नै गाँउ ठाँउको रुपमा लिएको वताउनु भयो ।
तेस्रो कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगिता २०६८ को प्रतिस्पर्धात्मक खेल समुदघाटन कार्यक्रम वेलुका ३ः४५ बजे बाट सञ्चालन भएको हुनाले फागुन ४ गते बाट ८ गते सम्म सञ्चालन हुने र प्रतियोगिताको लागि पाल्पा तनहु र स्याङ्गजा को गरी नौ समूह सहभागी रहेको चापाकोट खेलकुद विकास क्लवका अध्यक्ष मणि खनालले जानकारी गराउनु भएको छ ।

No comments:
Post a Comment